loading

गाउँघरको मेलापातमा खाजा यसरी खाईन्छ || Snake Gourd With Beans and potatoes Recipe

  • 14min 25s
  • 87 Views

नेपालको धेरैजसो मानिसहरु खेती किसानीमा निर्भर छन् र हामिहरु पनि यस पेशालाई आफ्नो मुख्य पेशा ठान्दछौं । खेतीको समयमा गाउँघरमा मेलापात जानु अनि त्यहाँको वातावरणलाई विभिन्न किसिमले रोमाञ्चित बनाउँदै खेत बारीमा पसिना बगाउनुको पनि छुट्टै रमाईलो हुन्छ ।
मेलापातमा हुने रमाईलो अनि त्यस बेलामा खाईने खाजा तपाईहरु कतिलाई याद छ होला । हो, हाम्रो पनि यता मेलापातमा खाईने खाजा र त्यहाँ एकआपमा गफिने समयलाई हामिले महत्वपूर्ण अनि अविश्मरणिय क्षणको रुपमा लिएका हुन्छौं ।
यसैले यस पटक मैले भने मेरो बारीमा काम गर्न आउने खेतालाहरुलाई खाजा बनाएर हजुहरु समक्ष यो भिडियो पेश गरेको हुँ । पक्कै पनि भिडियोमा देखाईएको गाउँघरमा हुने कामहरु हजुरहरुलाई मन प¥यो होला । कृपया भिडियो कस्तो लाग्यो कमेन्ट गरेर बताउन भने नभुल्नुहोला ।
तपाईहरुको अपार मायाँ र साथले हामिहरुलाई गाउँघरको विभिन्न पुराना किसिमको परिकार अनि गाउँघरकै रहनसहन तपाईहरुलाई देखाउन हौसला मिलेको छ । यसैले हजुरहरु सबैलाई भिडियो मन परादिनुभएकोमा धेरै–धेरै धन्यवाद ।